दफा ६६
सम्पत्तिको मूल्य वा बिगो खुलाउनु पर्ने

(१) फिरादपत्र दिँदा जुन सम्पत्ति दाबी गरिएको वा दाबी छुटाई पाउँ भनिएको हो त्यस्तो सम्पत्तिको स्पष्ट रूपमानगदमामूल्य वा बिगो खुलाउनु पर्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित अवस्थामा बाहेक कसैले गरी दिनु पर्ने कुरा गरी दिएन वा गर्नु नपर्ने कुरा गर्यो वागर्नलाग्यो भन्ने मात्र दाबी गरेकोमा त्यस्तो दाबी समेत स्पष्ट रूपमा फिरादपत्रमा खुलाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दाबी गरी फिरादपत्र दिएकोमा पछि मूल्य वा बिगो दिलाउने गरी निर्णय गर्नु पर्ने भएमाअदालतलेत्यस्तो निर्णय गर्नु अघि फिरादपत्र दिने व्यक्तिबाट त्यस्तो मूल्य वा बिगो बमोजिम अदालती शुल्क दाखिला गर्नलगाउनु पर्नेछ ।